न्यू योर्क। द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारण सफलतापूर्वक सम्पन्न भएको छ। गएको अक्टुबर ५ तारिख शनिबार सम्पन्न साधारणसभामा सोसाइटीको विधान बहुमतले संसोधन गरेको छ। साथै संस्थाको भावी कार्यदिशा बारेमा पनि छलफल भएको छ।
भर्खरै सम्पन्न साधारणसभामा संस्थाको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष पद रहने व्यवस्था गरेको छ। वरिष्ठ वा उपाध्यक्ष मध्ये एकजना महिला हुने व्यवस्था गरेको छ। त्यस्तै विधान संसोधन गर्दै संस्थाको महासचिव र सचिव पद रहने व्यवस्था गरेको छ। साथै कार्यसमिति सदस्य १७ जना रहने व्यवस्था गरेको छ। संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरण गुरुङ तथा प्रोफेसर चित्र कुमार गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
साधारणसभाले सोसाइटीको आर्थिक तथा संस्थागत प्रगति प्रतिवेदन बहुमतले पारित गरेको छ।
सोसाइटीका अध्यक्ष ओम गुरुङले साधारणसभामा उपस्थित भई महत्वपूणर् सल्लाह, सुझाव दिई र साधारणसभा सफल बनाउन सहयोग गर्नुहुने सम्पूणर् सदस्यहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे। सोसाइटीका संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले उज्वल भविष्यको खोजीका क्रममा न्यू योर्क आएर बसेका सम्पूणर् गुरुङहरु एक हुनु जरुरी भएकोले सोसाइटीलाई साझा घरको रुपमा माया गरिदिन अनुरोध गरे। सोसाइटीमा जोडिएका नयाँ पूस्तालाई कसरी आफ्नो संस्कार, संस्कृति हस्तान्तरण गर्दै जानु पर्ने तर्क गरे।
फिप्नाका अध्यक्ष तोरण गुरुङले राजनीतिक चेतनाको स्तरको अभिवृद्धि गर्नु पर्नेमा जोड दिंदै हाम्रो आवाज शशक्त रुपमा बढाउनका लागि राजनीतिक चेतना वृद्धि गर्नुपर्ने तर्क गरे। अध्यक्ष गुरुङले संस्था र गुरुङ समुदायको हितको लागि सबैलाई एकजुट भएर अगाडि बढ्न अनुरोध गरे ।उपाध्यक्ष एलिशा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सभामा सहभागीहरुले संस्थाको संस्थागत सुदृढिकरणको लागि सदस्यता बढाउनुपर्ने, साधारण सदस्यहरुलाई आजीवन सदस्य बनाउनुपर्नेमा सल्लाह सुझाव दिएका छन्। सहभागीहरुले कार्यालय भवनको सदुपयोग गर्नका लागि सुझाव दिएका थिए। सोसाइटीमा आवद्ध नयाँ सदस्यहरुलाई खादा ओढाएर स्वागत गरेका थिए।